सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव छ : राजेन्द्र लिङ्देन

शनिबार, २३ असार २०८०, २३ : ०९
शनिबार, २३ असार २०८०

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन् । 
शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताए । 
पार्टीका नेता कार्यकर्ता सहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको दाबी गरे । 

उनले  मन हिन्दुत्वतर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गरे । ' आज हामी पशुपतिनाथको आरतीमा छौं', लिङ्देनले भने, 'आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप