सुडानमा हवाई आक्रमण, २२ जनाको मृत्यु
ओमदुरमा । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।
प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । उही समयमा र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको सङ्ख्या ३१ रहेको बताएको छ।
समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।
सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण