आदिपुरुषले भावना आहत भयो, हात जोडेर माफी माग्छु : फिल्मका संवाद लेखक
निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज भएसँगै विवादमा आइरहेको छ । फिल्मका संवादलाई मानिसले फिटिक्कै रुचाएका छैनन् । संवादका लागि अत्यधिक आलोचना भए र मिडियामा मानिसले फिल्मका संवाद लेखक मनोज मुंतशिरलाई व्यापक ट्रोल गरे । ट्रोलिङपछि अब मनोज मुंतशिरले हात जोडेर माफी मागेका छन् ।
मनोजले मागे माफी
मनोज मुंतशिरले ट्विट गरेर प्रशंसक, साधु सन्त र श्रीरामका भक्तको भावनालाई ठेस पुर्याएकोमा माफी मागेका छन् । उनले आफ्नो ट्विटमा लेखे, ‘म स्वीकार गर्छु कि फिल्म आदिपुरुषले जन भावना आहत भएको छ । सबै भाइ बहिनी, मान्यजन, पूज्य साधु सन्त र श्री रामका भक्तसँग म हात जोडेर बिना सर्त माफी माग्छु । भगवान् बजरङ्ग बलीले हामी सबैको कृपा गरुन् । हामीलाई एक र अटुट रहेर आफ्नो पवित्र सनातन र महान् देशको सेवा गर्न शक्ति मिलोस् । ’
मैं स्वीकार करता हूँ कि फ़िल्म आदिपुरुष से जन भावनायें आहत हुईं हैं.
— Manoj Muntashir Shukla (@manojmuntashir) July 8, 2023
अपने सभी भाइयों-बहनों, बड़ों, पूज्य साधु-संतों और श्री राम के भक्तों से, मैं हाथ जोड़ कर, बिना शर्त क्षमा माँगता हूँ.
भगवान बजरंग बली हम सब पर कृपा करें, हमें एक और अटूट रहकर अपने पवित्र सनातन और महान देश की…
आदिपुरुषको रिलिज अघि फिल्मका लागि दर्शकबीच निकै उत्साह थियो । फिल्मको अग्रिम बुकिङ भयो र प्रभास–कृतिको फिल्मले व्यापक ओपनिङ गर्यो । तर फिल्म हेरेपछि दर्शक निकै निराश भए । फिल्मका डायलगले दर्शक रिसाए ।
नेपालमा पनि सीता माता बारे दिइएको बयानको विषयलाई लिएर व्यापक विवाद निम्तियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण