मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी

आइतबार, २४ असार २०८०, १७ : ००
आइतबार, २४ असार २०८०

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बंैकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी निधन भएपछि निजकी पत्नी विमला गुराँगाईलाई सो रकम हस्तान्तरण गरेको हो ।  बंैकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच रकम हस्तान्तरण गरेका थिए । 
 बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको जनाएको छ । 

यस दुःखद् घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुने विश्वास बैंकको छ ।  हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ । यस्तै अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप