संसद्को गतिरोध खुलाउन प्रचण्डसहित देउवा र ओलीबीच बालुवाटारमा छलफल
काठमाडौँ । संसद गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल सुरु भएको हो ।
बैठकमा संसदको गतिरोध हटाउने बारेमा निर्णायक छलफल हुँदैछ ।गत आइतबार तीन शीर्ष नेताहरुले संसद खुलाउने विषयमा समझदारी गरेको २ घण्टामै समस्या उल्टिएको थियो । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिएपछि संसद खुलाउने समझदारी भएको थियो । तीन शीर्ष नेताबीच सहमति गरेर संसद भवन बानेश्वर पुगेलगत्तै ओलीले अडान फेरेका थिए ।
ओलीले प्रचण्डलाई फोन गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको स्टाटसको माफी माग्नुपर्ने र प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण