रेड्मीका दुई नयाँ फोन आकर्षक मूल्यमा उपलब्ध
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, ‘रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी एटु र एटुप्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन् ।’
रेड्मी एटु र एटुप्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन् । रेड्मी एटु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १०,४९९ रुपैयाँ रहेको छ ।
यस्तै रेड्मी एटु प्लस टुजीबी प्लस३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य११,४९९ र ११,९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा सोमबारदेखि उपलब्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण