शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेड्मीका दुई नयाँ फोन आकर्षक मूल्यमा उपलब्ध

सोमबार, २५ असार २०८०, १४ : ४५
सोमबार, २५ असार २०८०

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 
 यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने,  ‘रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी एटु र एटुप्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन् ।’

रेड्मी एटु र एटुप्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन् ।  रेड्मी एटु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य  १०,४९९ रुपैयाँ रहेको छ ।

यस्तै रेड्मी एटु प्लस टुजीबी प्लस३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य११,४९९ र  ११,९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा सोमबारदेखि उपलब्ध रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप