पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट राहत
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरालाई मनी लाउन्डरिङ्ग मुद्दामा अदालतबाट ठुलो राहत मिलेको छ ।
लाहोरको विशेष अदालतले सोमबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरा सुलेमान सरिफलाई १६ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ ।
फेडरल इन्भेस्टिगेशन एजेन्सी अर्थात् एफआईएले सुलेमान शरिफविरुद्ध यो मुद्दा दर्ता गरेको हो ।
सुलेमान सरिफ चार वर्ष लन्डनमा निर्वासनमा बसेपछि डिसेम्बर २०२२ मा पाकिस्तान फर्किएका थिए । पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्युरो अर्थात् एनएबीले पनि आयभन्दा बढी सम्पत्तिको मुद्दामा उनको नाम दर्ता गरेको छ ।
डन न्युजका अनुसार सुलेमान दुवै मुद्दामा घोषित अपराधी थिए । तर, उनी फर्कनुअघि नै इस्लामावाद उच्च अदालतले सुलेमानलाई पक्राउ गर्न दुवै निकायलाई रोक लगाएको थियो । गत वर्ष अक्टोबरमा एक विशेष अदालतले प्रधानमन्त्री शाहबाज शरिफ र उनका जेठा छोरा हम्जा शाहबाजलाई सोही मुद्दामा सफाइ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण