प्रचण्ड र बाबुराम निकट विद्यार्थी संगठनको हस्ताक्षर अभियान सुरु
काठमाडौँ । प्रचण्ड र बाबुराम भट्टराई निकटका दुई विद्यार्थी संगठनले आजदेखि दबाब मुलक कार्यक्रम हस्ताक्षर अभियान सुरु गरेका छन् । मंगलबार विद्यार्थीहरुले आफैं हस्ताक्षर गरी देशव्यापी रूपमा हस्ताक्षर अभियानको उद्घाटन गरेका हुन् । अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवका अनुसार नेपाल कमर्श क्याम्पस मिनभवनका विद्यार्थीहरुले हस्ताक्षर गरेर कार्यक्रम सुरु गरिएको थियो । ‘यो महिनासम्म हामीले देशैभरी हस्ताक्षर अभियान चलाउने छौं र हस्ताक्षर सङ्कनल गरेर प्रधानमन्त्री लाई बुझाउनेछौं’ प्रवक्ता यादवले भने ।

यो अभियान देशभरका शैक्षिक संस्थामा चल्ने छ भने अभियान संगठनको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, इकाई र पालिका कमिटीले चलाउने बताइएको छ । सोही अनुसार कमिटीहरुले सरकारसमक्ष हस्ताक्षर सहित ध्यानाकर्षण गराउने जनाइएको छ । प्रवक्ता यादवका अनुसार २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम पनि तय भएको छ ।
‘यो आन्दोलन विद्यार्थीको मात्रै नभई सबै जनताको हो । त्यसैले यस आन्दोलनमा विभिन्न संघसंस्था, अभियन्ता, नागरिक समाज, विद्यार्थी, मजदुर, किसान, शिक्षक, कर्मचारी, अविभावक लगायत सबै नेपाली जनताले उतिकै महत्व दिन आवश्यक छ’ प्रवक्ता यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण