ओली बोल्दाबोल्दै बालकले माइक खोसेपछि..
काठमाडौँ । मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै थिए । नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गरिरहेका बेला एक बालक एकाएक मञ्चमा पुगे ।
ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैलाए । ती बालकलाई तानेर आफू छेवैमा राखेका ओलीले बोल्दै गरेको माइक खोसे र बोल्न थाले । बालकले माइक समातेर केहीबेर ‘फु..फु..’गरे ।
बालकले माइकमा बोलेको भने बुझिएन । बालक अझै बोल्न खोजेपछि ओली आफैले अर्को माइक तानेर मुखछेउमा लगिदिए । बालकले पुन: बोल्न खाेजे । तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालकलाई कसैले मञ्चबाट लग्यो ।
मञ्च छाड्नुअघि ओलीले बालकलाई भने, छोरी ( ओलीले छाेरी भनेपनि बच्चा छाेरा भएकाे खुलेकाे छ) अब तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालकले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन: बोल्न थाले । उनले भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’ ती बालक कार्यक्रममा सहभागी हुन गएका एमाले कार्यकर्ता नील प्रसाद घिमिरेका छोरा भएको बुझिएको छ ।
राताेपाटीमा समाचार प्रकाशित भएपछि घिमिरेले बच्चा आफ्नो भएको बताए । उनले भने, 'दर्शक दीर्घामा बाबुलाई सँगै राखेको थिए । म शौचालय गएको बेला बाबु मच्चमा सरासर गएछ ।'
(नाेट : नील प्रसाद घिमिरेकाे प्रतिक्रियाका आधारमा ४:३८ मा अध्यावधिक गरिएको)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण