प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ ? कानै सुन्निने गरि किन पिट्नु हुन्छ ?’ भन्दै छन् । प्रहरी निरीक्षक राई हुन् वा अर्कै अधिकृतले यस (राय)लाई हात खोलेर मेडिकल गर्न लैजा भनेर निर्देशन दिएको सुनिन्छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बु मिटिङ रहेको उनको अंगरक्षकले बताए । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराई बुधबार निरीक्षणमा सिरहा पुगेका छन् । उनी ब्रिफिङका रहेको भन्दै सहयोगीले पछि सम्पर्क गर्न सुझाए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले आफुले उक्त भिडियो हेरेको र यसबारे के भएको भनेर बुझ्ने काम गरिरहेको बताए । उनले भने, ‘मैले पनि भर्खरे थाहापाएँ, सत्यतथ्य के रहेछ, बुझ्दै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण