बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

बुधबार, २७ असार २०८०, १२ : १९
बुधबार, २७ असार २०८०

काठमाडौँ । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । बैंकले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडी उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई गाडीको चाबी (साँचो) हस्तान्तरण गरेका छन् ।

prabhu-bank (2)

प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ । गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।  बैंकले कोषलाई उपलब्ध गराएको १७ लाख मूल्य बराबरको हाइड्रोलिक गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप