बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि भदौमा नाडा अटो शो हुँदै, बुकिङ खुला

बुधबार, २७ असार २०८०, १७ : ५७
बुधबार, २७ असार २०८०

काठमाडौँ । नेपालको सवैभन्दा ठूलो वृहत नाडा अटो शो २०२३ आगामी भदौमा हुने भएको छ । तीन वर्षपछि हुन लागेको अटो शो आगामी भदौ २६ गते देखि ३१ गतेसम्म काठमाडौँको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । उक्त अटो शोका लागि नाडाले बुकिङ्क पनि खुल्ला गरेको घोषणा गरेको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दसैं अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारी र सवारी साधनको आयतमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि हुन सकेको थिए । त्यसबेला सन् २०२०, २१ र २२ को अटो शो आयोजना हुन नपाएको एसोसियसनले जनाएको छ । सन् २०२० र २१ मा कोभिडका कारण अटो शो गर्न नसकिए पनि २०२२ मा भने सरकारले सवारी साधनहरुको आयात माथि लगाएको प्रतिबन्धका कारण आयोजना गर्न नसकिएको नाडाले जनाएको छ । तथापि, गत वर्ष नाडाले पहिलो पटक इभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन भने गरेको थियो ।

अब हुने अटो शो २०२३ मा विद्युतीय लगायतका चार पाङ्गे्र, तीन पाङ्ग्रे तथा दुई पाङ्गे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर टयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत राखिने नाडाले जनाएको छ ।  त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक,सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ । झण्डै चार बर्षपछि हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाले राखेको छ ।

कोभिडको दिर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय सकारात्मकतर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण अघि बढ्ने संकेत देखिएको एसोसियसनले जनाएको छ । त्यसैले यो प्रदर्शनी गत वर्षका प्रदर्शनीहरुभन्दा थप बृहत र भव्य हुने अपेक्षा नाडाले राखेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप