राप्रपा अध्यक्ष लिङ्देनद्वारा प्रधानमन्त्री प्रचण्डलाई समवेदना
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्नी शोकमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।
लिङ्देनले बुधबार एक शोक वक्तव्य जारी गर्दै दिवंगत सीता दाहालमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
‘प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले दुःखी भएको छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । प्रधानमन्त्री दाहाल र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’, लिङ्देनले भनेका छन् ।
जीवनका अनेकौं आरोह अवरोहमा अनवरत र अटुट साथ पाएका प्रधानमन्त्री दाहाललाई आफ्नो प्रिय जीवनसंगिनीको निधनबाट पुगेको क्षति अवर्णीय रहेको लिङ्देनले वक्तव्यमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण