सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष लिङ्देनद्वारा प्रधानमन्त्री प्रचण्डलाई समवेदना

बुधबार, २७ असार २०८०, २१ : ३४
बुधबार, २७ असार २०८०

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्नी शोकमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेका छन् । 

लिङ्देनले बुधबार एक शोक वक्तव्य जारी गर्दै दिवंगत सीता दाहालमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । 

‘प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले दुःखी भएको छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । प्रधानमन्त्री दाहाल र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’, लिङ्देनले भनेका छन् । 

 जीवनका अनेकौं आरोह अवरोहमा अनवरत र अटुट साथ पाएका प्रधानमन्त्री दाहाललाई आफ्नो प्रिय जीवनसंगिनीको निधनबाट पुगेको क्षति अवर्णीय रहेको लिङ्देनले वक्तव्यमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप