प्रेस युनियन ताप्लेजुङमा पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन
बिहीबार, २८ असार २०८०, ०७ : ३१
ताप्लेजुङ । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन भउका छन्। यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पालाई चयन गरिएको छ ।
यसैगरी सदस्यमा राजन गौतम, देवेन्द्र बानियाँ, तेन्जीङ शेर्पा, पवित्रा सावादेन, दाखाङडु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई चयन भएका छन् । अधिवेशनमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, प्रेस युनियनका केन्द्रीय सदस्य भीमकुमार बाँस्कोटा, प्रदेश प्रतिनिधि लक्ष्मी गौतमलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण