रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो
शुक्रबार, २९ असार २०८०, ११ : २३

काठमाडौंँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको गीत स्वरसम्राट नारायण गोपालले विसं २०४५ मा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए ।
नारायणगोपाल संगीत कोषसँंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल दीपक भट्टको अभिनय छ । सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन र उत्सव दाहालको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई