मनहरीका १८ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

हेटौँडा । मकवानपुरको मनहरीका १८ जना प्रधानाध्यापकहरूले पदबाट राजीनामा दिएका छन् । मनहरी गाउँपालिकाभित्र रहेका १७ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका १८ जना प्रधानाध्यापकहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । योग्य, सक्षम र क्षमतावान् शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिइएको उनीहरूको भनाई छ ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले प्रधानाध्यापकहरूको कारण विद्यालय बिग्रिएकाले जसरी भए पनि प्रधानाध्यापक सरुवा गर्ने तयारी गरेकोले सामूहिक राजीनामा दिएको एक प्रधानाध्यापकले बताए । विद्यालयको गुणस्तर सुधारका लागि गर्नु पर्ने अन्य कामहरू तर्फ ध्यान दिन छोडेर प्रधानाध्यापकहरूको सरुवा अग्रसर भएको उनले बताए । विद्यालयका शिक्षकहरूको क्षमता विकास, शिक्षण सिकाइमा प्रविधिको प्रयोग तर्फ काम गर्न पालिकाको ध्यान दिन नसकेको उनले बताए ।
प्रधानाध्यापकहरूले लिखित रूपमा हस्ताक्षरसहित राजीनामा दिएका छन् । सङ्घीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरूमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको उनीहरू बताउँछन् । प्रधानाध्यापकबाट राजीनामा दिए पनि शिक्षक भने नछाड्ने र जहाँ सरुवा गरे पनि पढाउन तयार रहेको उनीहरूको भनाई छ । प्रधानाध्यापकहरूले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा भनिएको छ ।
‘हामी कार्यरत प्रअहरुको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो ? सहमति विपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूलाई काम गर्ने मनोबल समेत कमजोर भइरहेको परिस्थिति छ’ राजीनामा पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली