गजल
शनिबार, ३० असार २०८०, १० : ५६
कसले भन्यो पागल भएर मान्छे गजलकार बन्छ
खुकुरी भुत्तिन्छ हिर्काए पत्थरमा, घोटे धार बन्छ
फगत प्रेम रहेछ सम्बन्ध अरू केही हैन रहेछ बा
भोग्ने मौका पाए कसरी धर्म पुत्र अंशियार बन्छ
राजाकै सन्तान पनि भिखारी बन्न सक्छ हेर्नुस्
यहाँ कङ्गाल पनि व्यवहार सिकेर सरदार बन्छ
लालचले निन्द्रा नलाग्न सक्छ महँगो बिस्तारामा
सन्तोकले भुईमै सुत्न सकिन्छ झुपडी दरबार बन्छ
आफन्तहरूबाट केही लिएर के उल्लास मनाउनु खै
अन्ततः आफ्नाहरू माथिको विजय पनि हार बन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण