लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश
बुटवल । लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश भएका छन् भने एक विधेयक फिर्ता भएको छ ।आज बसेको प्रदेशसभा बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले पेश गरेका छन् ।
त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि सैद्धान्तिक छलफलका लागि पेश गरिएको छ । उक्त विधेयकमा सांसदहरू लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले विधेयकमा समावेश गरिनुपर्ने विषयहरू टिपोट गराएका छन् । सांसदहरुले निजी क्षेत्रलाई कानुन बनाएर स्वास्थ्य क्षेत्रमा स्थान दिनुपर्ने र उनीहरूले दिने सेवा सुविधाका विषयमा बलियो कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेशमा रहेका १६ नर्सिङ कलेज बन्द भएको र भारतीय सीमा क्षेत्रमा यसको पढाई भइरहेकाले विशेष सचेत रहनुपर्ने भन्दै उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । यसअघि प्रदेश सरकारले लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको थियो । आन्तरिक मामिला मन्त्री पाण्डेयले उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गरेका छन् । अबको दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण