शुल्क वृद्धिमा अखिल क्रान्तिकारीले जनायो विरोध
आइतबार, ३१ असार २०८०, १० : ४७
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धिको विरोध जनाएको छ । प्राविधिक शिक्षा, तथा व्यावसायिक तालिम परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शुल्क समायोजन गरेकोमा अखिल क्रान्तिकारीले आपत्ति जनाएको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेकी छन् ।
अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको साँठगाँठमा पीसिएल नर्सिङमा ३१ प्रतिशत, एचएमा २१ प्रतिशत, डिप्लोमा फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गर्न माग गरिएको छ । यदि शुल्क वृद्धि फिर्ता नलिए सङ्घर्षका कार्यक्रम ल्याउने सिंहले चेतावनी दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण