मुख्यमन्त्री कार्यालय अगाडि ठेकेदारले बाटो अलपत्र पारे, चाहेर पनि कारबाही गर्न सकिएको छैन : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले जुन स्प्रिटका साथमा आफू आएको त्यसैअनुसार सरकार सञ्चालनमा अग्रसर भइहरेको बताएका छन्। तथापि सत्ता सञ्चालनका क्रममा धेरै जिकज्याक रहेको पनि उनले बताए ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारको स्थिति भयावह, दयनीय छ ।’ यद्यपि आफू निराश भने नभएको उनको भनाइ छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा धेरै समस्या रहेको बताउँदै शर्माले विभिन्न कानुनी जटिलता रहेको पनि बताए । साथै संविधान अनुकूल संघीयता बनाउने र संरचना बदल्ने कुरामा ध्यान नपुगेको बताए । शर्माले कर्णाली पछि पारिएकोले राज्यले त्यसको क्षतिपूर्ति सहित दिनुपर्ने बताए।
वर्तमान प्रशासनिक संरचना राजनीतिक नेतृत्वप्रति, जनताप्रति जवाफदेहि नभएको उनले बताए। ‘मुख्यसचिव निहित रहेको छ,’ उनले भने । मुख्यमन्त्री कार्यालय अगाडि ठेकेदार र सांसदले बाटो अलपत्र पारिरहेका तर, मुख्यमन्त्रीले चाहेर पनि कारबाही गर्न सकिने अवस्था नभएको शर्माले बताए ।
उक्त बाटो कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका कान्छाराम तामाङको कम्पनीले लिएर लामो समयदेखि अलपत्र पारिरहेको छ । उक्त कम्पनीले वीरेन्द्रनगरका १३ वटा सडक अलपत्र पारेको छ । ‘कारबाही गर्न त्यो कानुनी जटिलता हो,’ शर्माले भने, ‘त्यसैले यहाँभित्र धेरै जिकज्याक छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण