सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्यालय अगाडि ठेकेदारले बाटो अलपत्र पारे, चाहेर पनि कारबाही गर्न सकिएको छैन : मुख्यमन्त्री शर्मा

आइतबार, ३१ असार २०८०, १३ : ४४
आइतबार, ३१ असार २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले जुन स्प्रिटका साथमा आफू आएको त्यसैअनुसार सरकार सञ्चालनमा अग्रसर भइहरेको बताएका छन्। तथापि सत्ता सञ्चालनका क्रममा धेरै जिकज्याक रहेको पनि उनले बताए ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारको स्थिति भयावह, दयनीय छ ।’  यद्यपि आफू निराश भने नभएको उनको भनाइ छ ।

संघीयता कार्यान्वयनका सन्दर्भमा धेरै समस्या रहेको बताउँदै शर्माले विभिन्न‌ कानुनी जटिलता रहेको पनि बताए । साथै संविधान अनुकूल संघीयता बनाउने र संरचना बदल्ने कुरामा ध्यान नपुगेको बताए । शर्माले कर्णाली पछि पारिएकोले राज्यले त्यसको क्षतिपूर्ति सहित दिनुपर्ने बताए।

वर्तमान प्रशासनिक संरचना राजनीतिक नेतृत्वप्रति, जनताप्रति जवाफदेहि नभएको उनले बताए। ‘मुख्य‌सचिव निहित रहेको छ,’ उनले भने । मुख्यमन्त्री कार्यालय अगाडि ठेकेदार र सांसदले बाटो अलपत्र पारिरहेका तर,‌ मुख्यमन्त्रीले चाहेर पनि कारबाही गर्न सकिने अवस्था नभएको शर्माले बताए ।

उक्त बाटो कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका कान्छाराम तामाङको कम्पनीले लिएर लामो समयदेखि अलपत्र पारिरहेको छ । उक्त कम्पनीले वीरेन्द्रनगरका १३ वटा सडक अलपत्र पारेको छ । ‘कारबाही गर्न त्यो कानुनी जटिलता हो,’ शर्माले भने, ‘त्यसैले यहाँभित्र धेरै जिकज्याक छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप