बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको होटेलबाट २ बालिकासहित ९ जना पक्राउ

सोमबार, ०१ साउन २०८०, १४ : ४९
सोमबार, ०१ साउन २०८०

 मकवानपुर । हेटौँडाको एक होटेलबाट अनैतिक गतिविधि गरेको भन्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित एसियन होटेलबाट २ जना बालिकासहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

होटेलमा बालिकाहरूलाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराइएको भन्दै सो होटेल सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा होटेल संचालक पुरुष र अन्य सबै महिला रहेका छन् ।

पक्राउ परेका बालिकाको उमेर १६÷१७ वर्षका मात्र रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक कार्कीले बताए । सो विषयमा छानबिन भइरहेको र मुद्दा दायर गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप