हेटौँडाको होटेलबाट २ बालिकासहित ९ जना पक्राउ
सोमबार, ०१ साउन २०८०, १४ : ४९
मकवानपुर । हेटौँडाको एक होटेलबाट अनैतिक गतिविधि गरेको भन्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित एसियन होटेलबाट २ जना बालिकासहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
होटेलमा बालिकाहरूलाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराइएको भन्दै सो होटेल सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा होटेल संचालक पुरुष र अन्य सबै महिला रहेका छन् ।
पक्राउ परेका बालिकाको उमेर १६÷१७ वर्षका मात्र रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक कार्कीले बताए । सो विषयमा छानबिन भइरहेको र मुद्दा दायर गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण