बालेनको निर्णयको समर्थन गर्दा रास्वपा सांसदमाथि खनिए हल सञ्चालक
काठमाडौँ । काठमाडौँका व्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई रास्वपाका सांसद असिम शाहले समर्थन गरेका छन् । तर हलवाला भास्कर ढुङ्गाना भने सांसद शाहमाथि खनिएका छन् ।
‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दा बढी पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कँदा कतिपय अवस्थामा झन्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो ,सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागतयोग्य छ । भएको कानुनलाई इमानदार रूपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउँछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’
सांसदको शाहको समर्थनप्रति जवाफ दिँदै हलवाला भास्कर ढुङ्गानाले कडा प्रतिवाद गरेका हुन् । ‘निजी पैसाले भवन बनाउँदा चाहिँ मलमा सपिङ गर्ने उच्च वर्गलाई पार्किङ फ्री गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरूलाई चाहिँ सरकारले पार्किङ तोक्ने रे,’ उनले लेखेका छन्, ‘त्यो मात्रै भएन एउटा रास्वपा सांसदले समग्र समस्यालाई नहेरी आफ्नो व्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्ट्याटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गाली । ल, माने बा ।’
फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुङ्गानाको समूह मेयर बालेन शाह विरुद्ध यसअघि अदालतसमेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण