राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार
मङ्गलबार, ०२ साउन २०८०, १८ : ३४
काठमाडौँ । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।
उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण