कुशल भुर्तेलले लिए लगातार पाँच विकेट
बुधबार, ०३ साउन २०८०, १२ : ४८
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ । सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।
उनको विकेट कुशल भुर्तेलले लिए । कुशल भुर्तेलले उनलाई विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका हुन् ।
कुशल भुर्तेलले लगातार पाँचौं विकेट लिएका हुन् । उनी आउट हुँदा यूएईले ३३.३ ओभरमा एक सय ३१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण