भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको आदेश
बुधबार, ०३ साउन २०८०, २० : ४२

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।”
अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य