मन्त्री मोदीद्वारा किताबखानाको छड्के
काठमाडौँ । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीका रूपमा आउने सरकारी कर्मचारीलाई समेत विभेद रहित ढंगले सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय किताबखाना (निजामती) को आकास्मिक छड्के अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुख दिने कर्मचारीलाई कारबाही गरिने बताए। त्यस क्रममा सेवाग्राहीका रूपमा किताबखानामा आएका कर्मचारीसंग छलफल गर्दै मन्त्री मोदीले सेवा वितरणमा गुनासा भए त्यसको जानकारी आफुलाई गराउन निर्देशन दिए।
कर्मचारीहरू समयमै कार्यालयमा नआउने र पुरा समय कार्यालयमा नबस्ने गुनाको आएपछि आफुले छड्के निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले शहरमा मात्र र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा समेत सरूवा गरिने बताए।
“कोही कर्मचारी एउटै ठाउँमा बसी सिण्डीकेट कायम गर्छ भने म त्यस्तो कर्मचारिलाई दुर्गममा सरुवा गर्छु” उनले भने। पछिल्लो समय मन्त्रालयका सचिव लगायतका कर्मचारीको समेत हाजिरि छड्के गरेका मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन्।
उक्त अवसरमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले किताबखानाबाट धेरै जसो सेवाहरू अनलाइनमा वितरण हुने गरेको, भवन आफ्नै नहुदा सेवा प्रवाह जटिल भएको बताए। किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ।
हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन्।यस आ.व. २०८०/81 मा कूल २२ सय ६१ कर्मचारी अवकाशमा जादै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण