तातोपानी नाकामा लक्ष्यभन्दा न्यून राजस्व संकलन
सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ ।
उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।
वैशाख १८ गते बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलको अवरोधबिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
-
लोसपा पनि जुट्यो महाधिवेशनको तयारीमा
-
फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया समेटिए
-
प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो
-
मार्गप्रशस्त गर्न रवि लामिछाने तयार, रास्वपाभित्र चार विकल्पमा छलफल
-
ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न इप्पानका अध्यक्ष कार्कीको माग