राष्ट्र बैंकले साउन ९ गते मौद्रिक नीति सार्वजनिक गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही साउन ९ गते आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउनको पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरिएको भएपनि गभर्नर महाप्रसाद अधिकारी देश बाहिर जानुपरेकाले समय सरेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतसँगै गभर्नर अधिकारी भारतमा आयोजित जी–२० सम्मेलनमा भाग लिएर बुधबार मात्र स्वदेश फर्किएका छन् । यसलगत्तै मौद्रिक नीति सार्वजनिकको तयारी गरिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार मौद्रिक नीति साउनको दोस्रो हप्ता ७ देखि ९ गतेभित्र सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।
बिहीबार बसेको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने वचन दोहोर्याएका छन् । सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने उनले बताए ।
‘पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले बैंकिङ सिस्टममा पर्याप्त तरलता मौज्दात रहेको छ । यसका बाबजुद पनि केही मूल्यवृद्धि नियन्त्रण हुन नसकेको साँचो हो’ गभर्नर अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ । यी सबै समस्यालाई सम्बोधन गर्नेगरी बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई समेत भेट्नेगरी मौद्रिक नीति आउँछ’ गभर्नर अधिकारीले भने ।
अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण