बेलायतमा नर्सका लागि यसरी भर्न सकिन्छ आवेदन फारम
काठमाडौँ । बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
https://ferms.dofe.gov.np/
यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । उनीहरूले मासिक २ हजार ३६७ पाउण्ड (आजको बिनिमय दरअनुसार ४ लाख २ हजार ९८९.५२ रूपैयाँ) तलब पाउनेछन् । त्यसमा कर, बीमाको पैसा काटिनेछ ।
नर्सहरूले हप्तामा ३७.५ घण्टा काम गर्न पाउनेछन् । वार्षिक २७ दिन र सार्वजनिक विदाको दिन बिदा पाउनेछन् । उनीहरूले पहिलो तीन महिनाका लागि आवास सुविधा निःशुल्क हुनेछ । ओभरटाइम बेलायत सरकारको नियमानुसार हुनेछ । उनीहरूलाई तीन वर्षका लागि समयावधि तोकिएको छ । यसमा थपघट हुन सक्नेछ ।
स्वास्थ्य सहायकको रूपमा स्टाफ नर्स, बिएस्सी तथा बीएन नर्स, मास्टर डिग्री नर्सले आवेदन दिन सक्नेछन् । उनीहरूले नर्सिङ लाइसेन्स लिएर दुई वर्ष कार्यअनुभव लिइसकेको हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण