सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपका सदस्यसचिव र जर्मनीका जुडो प्रशिक्षकबीच एसियाडको विषयमा छलफल

शुक्रबार, ०५ साउन २०८०, १५ : ३७
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच शुक्रबार आगामी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को विषयमा छलफल भएको छ । 

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपालको जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् । 

भेटका अवसरमा सदस्यसचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । इरानका पूर्वमुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले नेपाल पठाएको जानकारी नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले दिए । 

‘तत्कालका लागि उहाँ (मन्सुरी) लाई १९औं एसियाली खेलकुदको तयारीमा केन्द्रीत गराउने छौं । थप कुरा एसियाली खेलकुद पछि हुनेछ,’ अध्यक्ष वज्राचार्यले भने । हाङझाव एसियाडका लागि जुडोबाट समान चार पुरुष र चार महिला गरी आठजना खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप