विराटनगरकी सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप
विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ बर्सिया सुष्मा रायको रहस्यमय मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ ।
माइती पक्षले श्रीमान् २३ बर्सिया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।
सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेका छन् । शनिवार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो ।
झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको काका सन्तोष रायले बताए । ‘हामीले सम्झाइ बुझाइ गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् । आइतबार बिहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर खबर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ काका सन्तोषले भने, ‘झुन्डिएको भनिएको भतिजीलाई डोरी खोलेर श्रीमानले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन ? ।’
झुन्डिएको ठाउँमा खाट रहेको छ । ‘खाट रहेको ठाउँदेखि माथि बास रहेको छ,’ उनले भने, ‘झुन्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ ,’ उनले भने, ‘पोस्टमार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक
-
बैंकका सीईओको तलब-भत्तामा तोकियो नयाँ मापदण्ड, अब पर्फर्मेन्समा आधारित सुविधा
-
हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण
-
यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी दिँदै इरान
-
तस्बिर खिच्न ‘भिख मागेको’ ट्रम्पको दाबी, मेलोनी भन्छिन्, ‘यो मनगढन्ते हो’
-
तनहुँका दश वटै पालिका पूर्णखोप सुनिश्चिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण