एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
सारांश
- नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नवगठित र अघिल्लो निर्देशक कमिटीबीच परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ।
- कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो समितिलाई धन्यवाद दिँदै नयाँ समितिलाई शुभकामना दिएका हुन्।
- दुवै कमिटीका पदाधिकारीहरू सम्मिलित बैठकले प्रतिष्ठानको कामलाई थप प्रभावकारी, अनुसन्धानमूलक र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौँ । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नवगठित निर्देशक कमिटी र अघिल्लो निर्देशक कमिटीका सदस्यहरूबिच एक परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार भएको छलफल कार्यक्रममा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा प्रतिष्ठानले गरेका कार्यहरूको सराहना गर्दै निवर्तमान निर्देशक समितिका अध्यक्ष ईश्वर पोखरेलसहित सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन र नवगठित निर्देशक कमिटीलाई सफल कार्यकालको शुभकामना दिए।
सो अवसरमा अघिल्लो कार्यकालमा सम्पादन भएका नीतिगत अनुसन्धान तथा संस्थागत कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो।
तत्कालीन निर्देशक कमिटीका सदस्यहरू क्रमशः प्रदीप ज्ञवाली, डा. युवराज खतिवडा, डा. विष्णु उप्रेती, डा. अञ्जान शाक्य र योगेन्द्र ढकालले आ–आफ्नो कार्यकालका अनुभव र उपलब्धिहरूका बारेमा जानकारी गराएका थिए।
संस्थाको आगामी कार्यदिशा र नीतिगत योजनाका विषयमा केन्द्रित सो छलफलमा नवगठित निर्देशक कमिटीका अध्यक्ष विष्णु रिमाल सहित सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमितिमा डा. युवराज खतिवडा, डा. नेत्र तिम्सिना, डा. योगेन्द्र गुरुङ र सहायक रथी (अपुप्रा) विनोद पाण्डे रहेका छन्।
दुवै कमिटीका पदाधिकारीहरू सम्मिलित सो बैठकले प्रतिष्ठानको कामलाई थप प्रभावकारी, अनुसन्धानमूलक र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण