सरकारले भ्रष्टारविरुद्ध चालेको कदमको कांग्रेसले स्वामित्व लिनुपर्छ : सहमहामन्त्री पाण्डे
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा पाण्डेले स्रोत नखुलेको सम्पत्ति जफत गर्नेसम्मको हिम्मत कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए ।
वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्दा कांग्रेसले स्वामित्व लिनुपर्ने बताए । ‘नारायणकाजीले गरे वा माओवादीले गरे ? हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीले बनाएका गृहमन्त्रीले गरेका छन् । हामीले यसको स्वामित्व लिनुपर्छ,’ पाण्डेले भने ।
नेपाली कांग्रेसले यति र ओम्नी लगायतका भ्रष्ट्राचारका काण्डको फाइल खोल्नुपर्ने बताए । केन्द्र, प्रदेश र स्थानीय तहबाट सुशासनको प्रत्याभूति गर्ने गरी काम गर्नुपर्ने उनले बताए ।
साथै कांग्रेसका संरचना र भ्रातृ संस्थालाई भ्रष्टाचारविरुद्धको अभियानमा अगाडि बढाउनु अहिलेको दायित्व हुने सहमहामन्त्री पाण्डले बताए ।
पाण्डेले नेपाली सेना विकास निर्माणलगायतका आयोजनाको पैसामा फसेर नाफाखोर व्यापारीमा परिणत भएको टिप्पणी भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण