आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले भ्रष्टारविरुद्ध चालेको कदमको कांग्रेसले स्वामित्व लिनुपर्छ : सहमहामन्त्री पाण्डे

आइतबार, ०७ साउन २०८०, १६ : ०६
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा पाण्डेले स्रोत नखुलेको सम्पत्ति जफत गर्नेसम्मको हिम्मत कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्दा कांग्रेसले स्वामित्व लिनुपर्ने बताए । ‘नारायणकाजीले गरे वा माओवादीले गरे ? हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीले बनाएका गृहमन्त्रीले गरेका छन् । हामीले यसको स्वामित्व लिनुपर्छ,’ पाण्डेले भने ।

नेपाली कांग्रेसले यति र ओम्नी लगायतका भ्रष्ट्राचारका काण्डको फाइल खोल्नुपर्ने बताए । केन्द्र, प्रदेश र स्थानीय तहबाट सुशासनको प्रत्याभूति गर्ने गरी काम गर्नुपर्ने उनले बताए ।

साथै कांग्रेसका संरचना र भ्रातृ संस्थालाई भ्रष्टाचारविरुद्धको अभियानमा अगाडि बढाउनु अहिलेको दायित्व हुने सहमहामन्त्री पाण्डले बताए ।

पाण्डेले नेपाली सेना विकास निर्माणलगायतका आयोजनाको पैसामा फसेर नाफाखोर व्यापारीमा परिणत भएको टिप्पणी भइरहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप