नीति अधिवेशन असोजमा गरौँ : नेता गच्छदार
आइतबार, ०७ साउन २०८०, १६ : २६
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनले आगामी असोजमा नीति अधिवेशन गर्न प्रस्ताव गरे । उनले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहस हुनुपर्ने बताए ।
नेता गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गरे । उनले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण