अर्थतन्त्र चलायमान बन्दैछ, निजी क्षेत्रबाट कर्जाको माग बढ्ने अपेक्षा छ : गभर्नर अधिकारी
आइतबार, ०७ साउन २०८०, १७ : १५
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विविध कारणले गत आर्थिक वर्ष २०७९-८० मा कर्जा विस्तार घटेको बताएका छन् । आज चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नरले गत वर्ष कर्जा विस्तार व्यापक रुपमा घटेको बताएका हुन् ।
उनले बजेटले तोकेअनुसारको पूँजीगत खर्च समयमै हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलता प्रवाहमा कमी आउँदा कर्जा विस्तार खुम्चिएको बताए । यस्तै, विप्रेषणको आप्रवाहमा आएको सुधार, ब्याजदरको घट्दोक्रम र बजेट वक्तव्यमा समेटिएको सुधार योजनाका कारण आर्थिक गतिविधि चलायमान हुन थालेको समेत गभर्नरले बताए ।
अर्थतन्त्र चलायमान भएसँगै निजी क्षेत्रबाट हुन सक्ने कर्जाको सीमा ५६२ अर्बले बढ्न सक्ने केन्द्रीय बैंकको प्रक्षेपण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण