शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीति सकारात्मक छ : अध्यक्ष केसी

आइतबार, ०७ साउन २०८०, १९ : १०
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।  

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिकपश्चात न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष केसीले विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि समस्या चुनौति कायम रहेकाले असामान्य अवस्थामा आएको मौद्रिक नीति सन्तुलन कायम गर्नेगरी आएको बताए । उनले चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताए । 

अध्यक्ष केसीले पछिल्लो समय चालु पुँजीकर्जा मार्गदर्शनको कारणले कर्जा जान समस्या भएको बेलामा परिवर्तन गर्ने कुराले कर्जा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लिएको बताए । उनले केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, बैंकिङ कसुरलाई सशक्त बनाएर लैजाने र कर्जा लगानीको फ्रेमवर्क बनाउने कुराले बैंकिङ क्षेत्रलाई सजिलो बनाउने बताए ।

अध्यक्ष केसीले बैंकिङ नीतिगत दरलाई ६.५ प्रतिशतमा ल्याउँदा बैंकहरुको स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता ब्यादरको कम हुने भएकाले बैंकको लागत कम हुने बताए । उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने चुनौतीलाई सहज बनाउने अपेक्षा रहेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप