चीन : स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु
सोमबार, ०८ साउन २०८०, १० : ०५
एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो ।
घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।
प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।
प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण