शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पसिना गन्हाउँछ ? थाहा पाउनुस् यसको कारण र हटाउने घरेलु उपाय

सोमबार, ०८ साउन २०८०, १५ : १७
सोमबार, ०८ साउन २०८०

मनसुनमा ह्युमिडिटीका कारण पसिना धेरै आउँछ र शरीर पनि गन्हाउँछ । शरीरको दुर्गन्धबाट बच्नका लागि तपाईंले केही घरेलु तरिका अपनाउन सक्नुहुन्छ । भारतकी सौन्दर्य विशेषज्ञ शहनाज हुसैनले पसिनाको दुर्गन्धबाट बच्ने सहज उपायबारे जानकारी दिएकी छिन् ।

हाम्रो व्यक्तित्व जति नै शानदार किन नहोस्, हामीले जतिसुकै महँगो र उत्कृष्ट लुगा किन नलगाऔँ, शरीरबाट दुर्गन्ध आउँछ भने मानिसहरू नजिक पर्न चाहँदैनन् । पसिनाका कारण निम्तिने दुर्गन्धलाई रोक्नका लागि घरमा केही सहज तरिका अपनाउन सक्नुहुन्छ ।

किन गन्हाउँछ पसिना ?

पसिना शरीरलाई चिसो बनाउने प्राकृतिक तरिका हो । तर पसिनाले आफूसँग दुर्गन्ध पनि लिएर आएको हुन्छ । पसिना आएको लगभग ६ घण्टापछि शरीरबाट दुर्गन्ध आउँछ । पसिनाको दुर्गन्धबाट बच्नका लागि घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

नुहाउँदा कीटाणु, फोहोर र दुर्गन्ध हट्छ । त्यसैले नुहाउने बेला गर्धन, काखी र खुट्टालाई विशेष ध्यान दिनुहोस् । शरीरका यी स्थानमा कीटाणु जम्मा हुन्छन् र यसरी नै दुर्गन्ध निस्कन्छ । 

नुहाउने पानीमा कोलोन मिसाउँदा शरीरको दुर्गन्ध हट्छ । चन्दन, गुलाब जस्ता प्राकृतिक तत्त्वको गुणले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ । यस्ता शावर जेल र बडी स्याम्पु तपाईंलाई काम लाग्न सक्छ ।

पसिनाको दुर्गन्ध हटाउने घरेलु उपाय

– गुलाब जल शरीरको दुर्गन्ध हटाउने सबैभन्दा सहज उपाय हो । यसका लागि नुहाउने पानीमा गुलाब जल मिसाउनुहोस् । यो एक ‘नेचुरल कुलर’ हो । नुहाउने पानीमा गुलाब जल मिसाउँदा शरीरबाट सुगन्ध आउँछ र ताजा महसुस हुन्छ ।

– शरीरको जुन भागबाट दुर्गन्ध आइरहेको छ, त्यहाँ आलुको टुक्रा रगड्नुहोस् । 

– नुहाउने पानीमा एक चम्चा फिटकीरी मिसाउनुहोस् । यसमा केही पुदिनाको पात पनि मिसाएर हाल्नुहोस् । 

– दुई ठुलो चम्चा पानी वा गुलाब जलमा टी ट्री एसेन्सियल ओयलको दुई थोपा मिसाउनुहोस् । यसलाई कपासको मद्दतले काखी मुनी लगाउनुहोस् । पसिनाको दुर्गन्ध हट्छ । 

– बेकिङ सोडा र पानीको पेस्ट बनाएर काखी मुनी लगाउनुहोस् । तपाईं यो पेस्टमा कागतीको रस पनि मिसाउन सक्नुहुन्छ । १० मिनेटसम्म यत्तिकै छोड्नुहोस् र पानीले धुनुहोस् ।

– आफ्नो ट्याल्कम पाउडरमा थोरै बेकिङ सोडा मिसाउनुहोस् । यसलाई काखी मुनी, जाँघ, खुट्टामा लगाउनुहोस् । 

खान्कीमा परिवर्तन

शरीरबाट धेरै पसिना आएपछि गन्हाउन थाल्छ । यस्तोमा आफ्नो खान्कीमा केही परिवर्तन गरेर यसबाट राहत पाउन सक्नुहुन्छ ।

दैनिक कागती पानी पिउनुहोस् । यसो चिसो महसुस हुन्छ र शरीरबाट पसिना पनि कम आउनेछ ।

खाना खानुभन्दा अघि र पछि अदुवाको चिया पिउनुहोस् । कागतीलाई स–सानो टुक्रामा काटेर एक चिम्टी नुन हाल्नुहोस् । खाना खानुभन्दा अघि यसलाई थोरै खानुहोस् । 

हल्का र कम मसला भएको खानेकुरा खानुहोस् । एकैपटक धेरै खाना खानुको साटो थोरै थोरै खाइरहनुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप