त्रिविमा शैक्षिक प्रमाणपत्र बनाउन कति शुल्क लाग्छ ?
सोमबार, ०८ साउन २०८०, १६ : १८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाणपत्र बनाउन लाग्ने शुल्क वेबसाइट मार्फत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकृप्ट, रजिस्ट्रेशन कार्ड, वर्जिनल सर्टिफिकेट लगायतका कागजात बनाउँदा लाग्ने शुल्क सार्वजनिक गरेको हो ।
त्यसका लागि आवश्यक पर्ने कागजातको विषयमा समेत जानकारी दिइएको छ । पनिकाबाट प्रदान गरिने सेवाको विषयमा कार्यालय समयभित्र ०१–४२७७५८५ मा सम्पर्क गरेर जानकारी दिन सकिने पनि जनाइएको छ । शैक्षिक प्रमाणपत्र तथा शुल्कबारे जानकारी नहुँदा धेरै विद्यार्थी समस्यामा पर्ने गरेको छन् । यसबारे पनिकामा गुनासो आएपछि वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।
यसअघि आवश्यक पर्ने कागजात र लाग्ने शुल्कबारे जानकारी पनिका कार्यालयमै पुगेपछि मात्रै थाहा हुने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु