एनआरएनए अमेरिकाको अध्यक्षमा बन्जाडे, कुन पदका को–को विजयी ? (नतिजासहित)
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा अर्जुन बन्जाडे निर्वाचित भएका छन् । आइतबार अनलाइनमार्फत सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी दिलु पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती, उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङ निर्वाचित हुँदा महिला उपाध्यक्षमा सुनिता सापकोटा (कँडेल) निर्वाचित भएकी छन् ।
यसैगरी युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित हुँदा महासचिवमा रामहरि अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा दीपक सापकोटा, शान्ता पौडेल निर्वाचित हुँदा कोषाध्यक्षमा सरोज सिग्देल विजयी भएका छन् । यसैगरी सहकोषाध्यक्षमा दिवाकर पाण्डे र युवा संयोजकमा तेज पौडेल निर्वाचित भएका छन् ।
यस्तै निर्वाचनबाट बोर्ड सदस्यसहित आईसीसी सदस्य र राज्य समिति सदस्यहरू पनि निर्वाचित भएका छन् ।
सूची हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण