चर्चामा ‘उही खोलीमा पानी...’ गीत, खुसीयालीमा काटियो केक
काठमाडौं – लोक दोहोरी गीतको क्षेत्रमा वर्षभरीमा हजारौंको संख्यामा गीतहरु उत्पादन भएर बजारमा आउँछन् । त्यसरी बजारमा आएका गीतहरु मध्ये केही गीतहरु मात्रै चर्चामा आउन सफल हुन्छ ।
चर्चामा आएका गीतहरु मध्ये कतिपय छोटो समयको लागि चर्चामा रहन्छन् र हराउँछन् तर केही गीतहरुले यसरी श्रोताको मन मस्तिष्कमा गहिरो छाप छोड्छन् कि लामो समयसम्म ती गीतहरु कालजयी बनेर दर्शक श्रोताको मानस पटलमा ताजा बनेर रहन सफल हुन्छन् ।
अहिले बजारमा त्यस्तै एउटा सुपरहिट गीतले तहल्का मच्चाईरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुङ र सुमधुर स्वरकी धनि चर्चित गायीका देवी घर्तीको स्वरमा रहेको कर्णप्रिय गीत ‘उही खोलीमा पानी’ ले अहिले पनि सांगीतीक बजार तताईरहेको छ ।
छोटो समयमै युट्युबमा झण्डै ५४ लाख भ्यू कमाईसकेको छ । अपलोड गरेको समयमा यो गीत ट्रेण्डिङमा पर्न सफल रहेको गायक गुरुङले जानकारी दिए । उनले भने, ‘दैनिक गीतका दर्शकहरु बढ्ने क्रममा छन् ।’
गायक गुरुङ भन्छन्– नेपाली मौलिक लोकगीतले लोकदोहोरी गीतकै इतिहासमा सर्वाधिक दर्शक (५३लाख ) बनाउन सफल भएको छ ।
सो अवसरमा आइतबार लैनचौरस्थित दरबार दोहोरीमा भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लोकगीत क्षेत्रका सम्पूर्ण गायक÷गायिकालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
युट्युबमा ५४ लाख भ्यू पुगेको खुसीयालीमा ‘उहि खोलीमा पानी’ गीत निर्माण टिमले ५ पाउण्डको केक पनि काटेको थियो । कार्यक्रममै गुरुङलाई धेरैले बधाई तथा शुभकामना दिएका थिए ।
त्यस्तै गायक गुरुङले गीतको भिडियोबाट आएको रोयल्टी पनि टिमका सम्पूर्णलाई बाँडेका थिए ।
नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत ‘उही खोलीमा पानी’ का शब्द संयोजक केशव पौड्याल हुन् भने गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ ।
चर्चित संगीतकार वसन्त थापाको लय रहेको गीतको भिडियो निर्देशन लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन् । अभिनयमा गायक राजन गुरुङ र संगीतकार वशन्त थापालाई चर्चित मोडलद्वय रश्मी तामाङ र करिष्मा ढकालले साथ दिएका छन ।
करन चैसीरको सिनेम्याटोग्राफी र प्रविन भट्टको भिडियो एडीट रहेको उक्त गीत ब्रर्दश ईन्टरटेन्टमेन्ट कम्पनीबाट बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण