सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दुबईबाट काठमाडौँ आएका यात्रुको ल्यापटप विमानमै छुट्यो, सम्पर्कमा आउन एयरलायन्सको आग्रह

सोमबार, ०८ साउन २०८०, १८ : २७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौँ आएका यात्रुले विमानमै आफ्नो ल्यापटप छाडेका छन् । ७ जुलाईमा दुबईबाट काठमाडौँ आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन् ।

यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको छ । सोमबार एयरलायन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको हो ।

एयरलायन्सका अनुसार ७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौँ आएका यात्रुको ल्यापटप छुटेको हो । यो ल्यापटप लिन आफ्नो परिचयपत्र खुल्ने प्रमाणसहित सम्पर्कमा आउन एयरलायन्सले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप