बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

थप समस्यामा इमरान खान, गैर–जमानती वारेन्ट जारी

मङ्गलबार, ०९ साउन २०८०, १३ : ३८
मङ्गलबार, ०९ साउन २०८०

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको समस्या मंगलबार बढ्न सक्नेछ । पाकिस्तानको चुनाव आयोगले इमरान खानविरुद्ध गैर जमानती वरेन्ट जारी गरेको हो । 

आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको छ । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ ।

यसबीच पाकिस्तान तहरीक–ए–इन्साफका नेता तथा इमरान खानको कानुनी टोलीका सदस्य बाबर अवानले आयोगलाई मुद्दा मामिला छाडेर चुनाव गराउन सुझाव दिएका छन् । 

चुनाव आयोगको अवहेलनाको मामिलामा खानविरुद्ध वारेन्ट जारी भएको हो । यस मुद्दाको सुनुवाइको क्रममा खान उपस्थित भएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप