थप समस्यामा इमरान खान, गैर–जमानती वारेन्ट जारी
मङ्गलबार, ०९ साउन २०८०, १३ : ३८
इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको समस्या मंगलबार बढ्न सक्नेछ । पाकिस्तानको चुनाव आयोगले इमरान खानविरुद्ध गैर जमानती वरेन्ट जारी गरेको हो ।
आयोगले खानलाई पक्राउ गर्न इस्लामाबाद प्रहरीलाई निर्देशन दिएको छ । खानलाई मंगलबार आयोगसमक्ष उपस्थित गराउन भनिएको छ । खान मंगलबार नै आयोगसामु पेश हुने अपेक्षा गरिएको छ । खान नआए उनलाई पक्राउ गरेर भए पनि ल्याइने प्रहरीले बताएको छ ।
यसबीच पाकिस्तान तहरीक–ए–इन्साफका नेता तथा इमरान खानको कानुनी टोलीका सदस्य बाबर अवानले आयोगलाई मुद्दा मामिला छाडेर चुनाव गराउन सुझाव दिएका छन् ।
चुनाव आयोगको अवहेलनाको मामिलामा खानविरुद्ध वारेन्ट जारी भएको हो । यस मुद्दाको सुनुवाइको क्रममा खान उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण