शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कन्सर्टमा चिच्याउँदा फोक्सोमा प्वाल

मङ्गलबार, ०९ साउन २०८०, १६ : ५०
मङ्गलबार, ०९ साउन २०८०

एक किशोर कन्सर्टमा पुगेर यति चिच्याए कि उनको फोक्सोमा प्वाल परेको छ । आफूलाई मन पर्ने कलाकारको समूहले कन्सर्ट दिइरहँदा चीनको सेन्जेनका १९ वर्षका किशोर अति उत्साहित भएर चिच्याउँदा उनी न्युमोथोर्‌याक्सबाट ग्रसित भए । 

यसलाई ‘कोल्याप्स्ड लङ्ग’ पनि भनिन्छ । चिनियाँ मिडियाका अनुसार १९ वर्षका ती किशोर आफूलाई मन पर्ने ब्यान्डले प्रस्तुति दिँदा बेस्सरी चिच्याइरहेका थिए । तर त्यति नै बेला उनलाई छातीमा गहिरो पीडा भयो । उनलाई सास फेर्न गाह्रो भयो । त्यसपछि नाम नखुलाइएका ती किशोरलाई सेन्जेनस्थित एक अस्पतालको इमर्जेन्सीमा लगियो । डाक्टरले उनको परीक्षण गरेपछि कन्सर्टमा अत्यधिक चिच्याउँदा उनको एकापट्टिको फोक्सोमा एल्भिओलार रप्चर भएको पत्ता लगाए ।

lungsछातीको भित्ता र फोक्सोको बीचमा हुने प्लिउरल स्पेसमा अनावश्यक हावा जम्मा हुँदा न्युमोथोर्‌याक्स हुन्छ । छातीमा गहिरो चोट लाग्दा, फोक्सोसम्बन्धी रोग लाग्दा, अकस्मात् रक्तचाप बढ्दा यस्तो हुन्छ । ती चिनियाँ युवकको भने रक्तचापमा अत्यधिक वृद्धि हुँदा यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । उनले कन्सर्टमा मुटु नै बाहिर आउला जस्तो गरी चिच्याएको स्वीकार समेत गरेका छन् ।

अडिटी सेन्ट्रलका अनुसार अतिरिक्त हावा निकाल्न डाक्टर सफल भएका छन् । ती किशोर निको हुने प्रक्रियामा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप