महाराजगञ्ज मेडिकल कलेजमा स्ववियुकाे तालाबन्दी, पठनपाठन बन्द
काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा पठनपाठन बन्द गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन नै बन्द गरिएको हो ।
क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछानेले विभागीय प्रमुखहरूको बैठक बोलाएर पठनपाठन बन्द गर्ने निर्णय गराएका हुन् । यो विषयमा चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराइएको छ ।
स्ववियुले साउन ८ गतेदेखि तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने जनाएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै विद्यार्थीले कुनै पनि बहानामा क्याम्पसमा तालाबन्दी गरेमा सो अवधिमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गर्ने निर्णय समेत विभागीय प्रमुख तथा सरोकारवाला निकायको बैठकबाट गरिएको छ ।
क्याम्पस तालाबन्दी भएको अवधिमा यूजी (अण्डर ग्रेजुएट) का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको छ ।
विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ ।
स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गरेको छ । विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नहोस् भनेर शैक्षिक शाखामा तालाबन्दी नगरिएको स्ववियुले जनाएको छ । तर, क्याम्पस प्रमुखले भने शैक्षिक शाखामा समेत तालाबन्दी भएकाले पठनपाठन गराउन नसकिने भन्दै पठनपाठन बन्द गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण