बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ
बुधबार, १० साउन २०८०, १४ : २१

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोड्न खोज्ने १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।
पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् । पक्राउ परेकाहरुलाई भृकुटी मण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल