अबदेखि सांसदहरुको समेत सहमतिमा बजेट निर्माण हुन्छ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी वर्षदेखि सरकारले बजेट निर्माण गर्दा १६५ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र राष्ट्रियसभाका सदस्य समेतको सहमतिमा बजेट निर्माण हुने दाबी गरेको छ ।
सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेट निर्माणमा सांसदहरुको समेत सहमतिमा बन्ने व्यवस्था गर्न अर्थमन्त्री सहमत भएको बताएका हुन् ।
‘बजेट निर्माणमा पुरानो प्रणाली बदलेर १६५ निर्वाचन क्षेत्रकै सांसद, राष्ट्रियसभा र समानुपातिक सांसद समेत भएर बजेट निर्माण गर्ने व्यवस्था गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने ‘अबदेखि त्यहीँ प्रक्रियाबाट बजेट निर्माण हुन्छ ।’
पाण्डेले यो प्रक्रियालाई कानुनी रुप दिने तयारी समेत भएको बताए । पत्रकारहरुले सोधेको प्रश्नमा देशको अर्थतन्त्र बिग्रनुमा अहिलेको सरकारमात्र दोषी नभएको उनको जवाफ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण