बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया पुगे रुसका रक्षामन्त्री, कोभिड महामारीपछि कुनै नेताको पहिलो भ्रमण

बुधबार, १० साउन २०८०, १६ : ५८
बुधबार, १० साउन २०८०

रुसी रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । कोरियाली युद्ध समाप्त भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । सोइगु कोभिड महामारीपछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो कूटनीतिज्ञ हुन् ।

महामारीको समयमा, उत्तर कोरियाले आफ्नो सिमाना बन्द गर्‍यो र कडा प्रतिबन्धहरू लगायो । यी प्रतिबन्ध सन् २०२० मा लागू भएका थिए ।

यस अवधिमा उत्तर कोरियाले खाद्यान्न र औषधिको निर्यात समेत बन्द गरेको थियो । यी प्रतिबन्ध रुस र चीन जस्ता महत्त्वपूर्ण साझेदारमाथि पनि लगाइएको थियो ।

तर, उत्तर कोरियाले आफ्नो सीमा नीतिमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने स्पष्ट जानकारी छैन । 

रुसका रक्षा मन्त्री शोइगुको भ्रमणबाट रुसले उत्तर कोरियालाई साझेदारका रूपमा कति महत्त्व दिन्छ भन्ने सङ्केत पनि मिलिरहेको छ ।

रुसले युक्रेन युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाबाट गोलाबारुद र रकेट पनि लिएको गुप्तचर रिपोर्टमा दाबी गरिएको छ ।

उत्तर कोरियामा आयोजना हुने समारोहमा चिनियाँ प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप