उत्तर कोरिया पुगे रुसका रक्षामन्त्री, कोभिड महामारीपछि कुनै नेताको पहिलो भ्रमण
रुसी रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । कोरियाली युद्ध समाप्त भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । सोइगु कोभिड महामारीपछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो कूटनीतिज्ञ हुन् ।
महामारीको समयमा, उत्तर कोरियाले आफ्नो सिमाना बन्द गर्यो र कडा प्रतिबन्धहरू लगायो । यी प्रतिबन्ध सन् २०२० मा लागू भएका थिए ।
यस अवधिमा उत्तर कोरियाले खाद्यान्न र औषधिको निर्यात समेत बन्द गरेको थियो । यी प्रतिबन्ध रुस र चीन जस्ता महत्त्वपूर्ण साझेदारमाथि पनि लगाइएको थियो ।
तर, उत्तर कोरियाले आफ्नो सीमा नीतिमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने स्पष्ट जानकारी छैन ।
रुसका रक्षा मन्त्री शोइगुको भ्रमणबाट रुसले उत्तर कोरियालाई साझेदारका रूपमा कति महत्त्व दिन्छ भन्ने सङ्केत पनि मिलिरहेको छ ।
रुसले युक्रेन युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाबाट गोलाबारुद र रकेट पनि लिएको गुप्तचर रिपोर्टमा दाबी गरिएको छ ।
उत्तर कोरियामा आयोजना हुने समारोहमा चिनियाँ प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण