ललितकला लेखन प्रतियोगीताका उत्कृष्टलाई पुरस्कार प्रदान
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरूलाई पुरस्कृत गरिएको छ ।
बुधबार आयोजित एक समारोहमा प्रदान गरिएको पुरस्कार प्राप्त गर्नेमा सुकृत नेपाल (गोरखापत्र दैनिक), रेनुका ढकाल (दी राइजिङ नेपाल), उर्जा आचार्य (दि काठमाडौँ पोस्ट), दीपेन्द्र ढुंगाना (नयाँ पत्रिका), हेमन्त गौतम (एनटिभी प्लस) पुरस्कृत भएका हुन् ।
प्रतियोगितामा दियालक्ष्मी जोशी (एमएफए, काठमाडौँ विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस, प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) पुरस्कृत भएका छन् ।
कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतियोगिताको समीक्षालाई विशेषत ः अंकको आधारमा भन्दा पनि ग्रेडको आधारमा मूल्याङ्कन गरिएको बताए । उनले सञ्चार माध्यमले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।
कार्यक्रममा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण