सिरहामा लम्पी स्किन रोगबाट १२ सयभन्दा बढी चौपायाको मृत्यु
सिरहा । सिरहामा लम्पी स्किन रोगका कारण एक हजार दुई सयभन्दा बढी चौपायाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी प्रभावित भएका छन् ।
जिल्लाको १७ वटै पालिकामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । हालसम्म जिल्लामा एक हजार दुई सय १८ चौपायाको मृत्यु र १५ हजार दुई सय ९३ गाईगोरु प्रभावित भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख सन्तोषकुमार सिंहले बताए ।
रोगको प्रकोप देखिएपछि गोलबजार, धनगढीमाई, लहान नगरपालिकाले उपचारको प्रवन्ध मिलाएका छन् । रोग देखिएपछि धनगढीमाई नगरपालिकाको पशु शाखाले गाउँगाउँ गएर उपचार र सल्हाह सुझाव दिएको पशु शाखा प्रमुख जीवनारायण यादवले जानकारी दिए ।
उनले भने, ‘यो रोग भाइरसबाट सर्ने भएकाले रोग लागेका पशुलाई छुट्टै राखेर उपचार र स्याहार गर्नु पर्छ । हामीले सकेसम्म निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइरहेका छौँ । गाउँमै गएर उपचार र सल्लाह दिने काम पनि भइरहेको छ ।’
गोलबजार नगरपालिका पशु शाखाले पनि गाउँमै पुगेर उपचार गरिरहेको जनाएको छ । लम्पी स्किन रोग लागेका पशुहरुको शरीरभरि दाग र गिर्खा जस्तो देखिने र शरीरको भित्रीभाग बढी प्रभावित भएर मृत्युसम्म हुने गरेको पशु स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भारतसँग सीमाना जोडिएका पालिकाहरुमा लम्पी स्किन रोगका कारण बढी संख्यामा पशु चौपायाको मृत्यु भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख सन्तोषकुमार सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण